स्थायी कमिटीमा प्रस्तुत नहुँदै कसरी बाहिरियो नेकपा अध्यक्षद्वयको प्रस्ताव ?

काठमाडौंः स्थायी समिति बैठकमा लैजानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले तयार पारेको संयुक्त प्रस्ताव बाहिरिएको छ ।

नेकपा स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । तर, नेकपा स्थायी कमिटीको बैठक नबस्दै उक्त प्रस्ताव बिहीबार नै पीडीएफसहित बाहिरिएको हो ।

उक्त प्रस्तावमा अनुशासनको कुरा, हरेक छलफल कमिटीमा गर्ने कुरा लेखिएको छ । तर व्यवहारमा भने बैठक नबस्दै प्रतिवेदन बाहिरिँदा नेकपा कति पारदर्शी छ भन्ने कुरा प्रष्ट भएको छ ।

याे पनि पढ्नुस  आगामी निर्वाचनमा नेकपा एक्लैले दुई तिहाइ बहुमत ल्याउँछः प्रचण्ड (भिडियोसहित)

स्थायी कमिटी बैठकमा प्रस्तुत नहुँदै नेकपा ओली र प्रचण्डले तयार पारेको प्रस्ताव कसरी बाहिरियो भनेर नेकपाभित्रै आलोचना हुन थालेको छ ।

केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै प्रश्न गरेका छन्, ‘नेकपा कम्ती पारदर्शी छ त ?’

उनले अगाडि थपेका छन्, ‘कार्यदलले तयार पारेको प्रतिवेदन छलफल त के सचिवालय सदस्यकै हातमा नपुग्दै पीडीएफ फाइल नै बाहिर आयो । अनि अध्यक्षद्वयले तयार गरेको प्रतिवेदन स्थायी समिति सदस्यहरुको हातमा पुग्दानपुग्दै हुबहु सार्वजनिक भयो । छलफलै नभई सार्वजनिक गर्न कति हतार हो ? बैठकमा सम्म त पेस हुन दिए हुने नि !’

याे पनि पढ्नुस  राष्ट्रहितमा हुने गरी एमसीसी अनुमोदन हुन्छः प्रवक्ता श्रेष्ठ

नेकपा स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले उक्त प्रस्ताव आफूले अहिलेसम्म नपाएको बताए । उनले भने, ‘मैले पनि अझैं पाएको छैन । मगाएको छु ।’

उनले उक्त प्रस्ताव कहाँबाट बाहिरियो भन्ने जानकारी नभएको बताए । ‘स्थायी कमिटी सदस्य र बैठकमा पेश नहुँदै अध्यक्ष कमरेडले तय गर्नुभएको प्रस्ताव मिडियामा बाहिरिएको विषयमा कुनै टिप्पणी छैन । खास्सै फरक पनि पर्दैन । नेकपाको सबै कुरा पारदर्शि छन्’, उनले अगाडि थपे ।

याे पनि पढ्नुस  नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन

रायमाझी जस्तै अन्य केही स्थायी कमिटी सदस्यहरूले पनि उक्त प्रस्ताव अझै पाएका छैनन् । उक्त प्रस्तावमा पार्टीको समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदन, त्यसमाथि सचिवालय सदस्यले राखेको सुझाव समेटिएको छ ।

पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुस्ः

कमेन्ट गर्नुहोस्