चुनावी अभियानमा होमियो नेकपा निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन

काठमाडौंः नेकपा निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन चुनावी अभियानमा होमिएको छ ।

असोज २४ गते हुने निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनको निर्वाचनका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन चुनावी अभियानमा होमिएको हो ।

संगठनका उपाध्यक्ष अम्बादत्त भट्टले निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनको निर्वाचन नजिकिएसँगै संगठन सुदृढिकरण तथा चुनावी अभियानलाई तीव्रता दिइएको बताए । उनका अनुसार चुनावी अभियानअन्तर्गत केन्द्र र प्रदेशबीच भर्चूअल बैठक भइरहेको छ । साथै जिल्ला–जिल्लामा निर्वाचन परिचालन समिति गठन गर्न थालिएको उनले जानकारी दिए ।

याे पनि पढ्नुस  पार्टी फुट्दैन, फुटाउन चाहने आफैँ सकिन्छन्ः पूर्वमन्त्री तामाङ

यस्तै, नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्य समिति दार्चुलाको बुधबार बसेको बैठकले जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको छ ।

असोज २४ गते हुने निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनको निर्वाचनका लागि मदन सिंह कुँवर संयोजक रहेको १८ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

याे पनि पढ्नुस  पार्टीमा नयाँ रक्तसञ्चार गर्ने अभियानको तयारी भइरहेको छः प्रचण्ड

त्यस्तै, नेपाल राष्ट्रिय कर्मचारी संगठनको दार्चुला जिल्ला समिति पुनर्गठन गरिएको छ । जिल्ला कार्यसमितिका केही पदाधिकारी समायोजन तथा सरुवा भएर अन्य जिल्ला भएको हुँदा आनसिह डाँगाको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति पुनर्गठन गरिएको हो ।

जसको उपाध्यक्षमा सुन्दरी अवस्थी, सचिवमा जनक सिंह बोहरा, कोषाध्यक्षमा मदन सिंह कुँवर, सदस्यहरूमा कलश बहादुर चौधरी, मोहनचन्द्र जोशी, रविन्द्र पुन मगर, गोपाल सिंह धामी, पदम सिंह विष्ट, लक्ष्मी राना र प्रमानन्द भट्ट रहेका छन् ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठकद्वारा कार्यदल अनुमोदित

 

 

कमेन्ट गर्नुहोस्