घाँस काट्न जाँदा आमाको मृत्यु, पेट फुटेर निस्केका शिशुको अस्पताल लैजाँदै गर्दा ज्यान गयो

साङ्केतिक तस्बिर ।

सिन्धुपाल्चोकः जुगल गाउँपालिका–५ मा एक महिला र गर्भमा रहेको शिशुको मृत्यु भएको छ ।

साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङ घाँस काट्न जाँदा लडेकी थिइन् । उनको घटनास्थलमा मृत्यु हुँदा गर्भमा रहेको ८ महिनाको शिशु भने जीवितै भेटिए । तर, शिशु पचारका क्रममा काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो ।

याे पनि पढ्नुस  चट्याङ लागेर दुई महिलाको मृत्यु

स्थानीयवासीका अनुसार भीरबाट लडेर तामाङको पेट फुटेको थियो । पेट फुटेपछि घटनास्थलमा आमा र शिशु एक मिटरका दूरीमा छुट्टाछ्ट्टै स्थानमा फेला परेका थिए ।

उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटामा शिशुको मृत्यु भएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए । घटनाबारे थप जानकारी लिन अहिले प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्