नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौंः नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार १४४ जनाको परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

याे पनि पढ्नुस  आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

उक्त अवधिमा थप १८१८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । निको हुने दर ७१ प्रतिशत हो । नेपालमा संक्रमित संक्रमित संख्या १८८४८ छ ।

आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ३१७ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट एक सैनिकको मृत्यु

 

कमेन्ट गर्नुहोस्