काठमाडौं भित्रिन र बाहिरिन फेरि नयाँ नियम (सूचनासहित)

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं भित्रिन र बाहिरिन नयाँ नियम लागू गरेको छ । साथै सवारी पासमा कडाईं गरिएको छ ।

यस अघि अत्यावश्यक कामका लागि काठमाडौं बाहिर जाने सवारी साधानका लागि सहजिकरण गर्दै आएकोमा अब भने थप कडाई गरिने जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै जनाएको छ ।

याे पनि पढ्नुस  फेरि थपियो निषेधाज्ञाः चितवनमा खुकुलो, कास्कीमा कडाईं

अब काठमाडौंबाट बाहिर जाने र काठमाडौं भित्रिनेहरुले तोकिएको निवेदन, अत्यावश्यक कामको लागि जाने स्पष्ट खुल्ने कागजात, जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र र सम्बन्धित गन्तव्यको स्थानीय तहको सिफारिस अनिवार्य बोक्नु पर्नेछ ।

यी नियमहरु पालना नगर्नेले काठमाडौं उपत्यका भित्र प्रवेश र उपत्यकाबाट बाहिरिन नपाउने उल्लेख गरिएको छ ।

याे पनि पढ्नुस  गृहको आदेश, ‘लकडाउनमा थप कडाई गर्नू’

 

कमेन्ट गर्नुहोस्