पत्रकार वीरेन्द्र साहका हत्यारा १२ वर्षपछि पक्राउ

बाराः बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न हरेराम पट्टेल १२ वर्षपछि पक्राउ परेका छन् ।

पट्टेललाई कोल्बी नगरपालिका–४ सफाई टोलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले दिए । २०६४ असोज १८ गते साबिक गाविस ढोढिया पिपरा बजारबाट तत्कालीन माओवादीले चारकोसे जङ्गलमा लगी गोली हानी पत्रकार साहको हत्या गरेका थिए । हत्या भएको ३४ दिनपछि पत्रकार साहको शव फेला परेको थियो ।

याे पनि पढ्नुस  अखिल नेपाल महिला संघकी अध्यक्ष चन्द अदालतले रिहा गरे लगत्तै फेरि पक्राउ

पत्रकारका वीरेन्द्र साहको हत्यारा चार जना यसअघि पक्राउ परको र अझै एक जना फरार रहेका छन् । यसअघि बार जिल्ला अदालतले पक्राउ परको दुई जनालाइ सर्वस्वसहित जन्मकैद गरेको थियो ।

कमेन्ट गर्नुहोस्