साँच्चै चल्छ त जखेरा तालमा ‘आधुनिक डुंगा’?

उमेश बन्जाडे, दाङ : प्रतिनिधिसभाका सांसद मेटमणि चौधरीले दाङको धार्मिक तथा पर्यटकीय स्थल जखेरा तालको विकासमा आफ्नो भूमिका सधैं अहम् रहने प्रतिबद्धता पुनः दोहोर्‍याएका छन् ।

जखेरा तालको विकास गर्नुपर्ने विषयमा आफू सधैं तत्पर रहे पनि यसअघि आफूले गरेका वाचाहरू विभिन्न प्रकृयागत खुड्किलाका बाबजुद पूरा गर्न नसकेको स्वयं चौधरीले स्वीकार गरे ।

दाङको लमही नगरपालिका-३ मा अवस्थित पर्यटकीय क्षेत्र जखेरा तालको अवलोकन तथा ताल संरक्षण समितिका पदाधिकारीसँग तालको वर्तमान अवस्थाबारे जानकारी लिन सांसद चौधरी बिहीबार त्यहाँ पुगेका थिए ।

याे पनि पढ्नुस  रेडक्रसले बढाएको रगतको मूल्य तत्काल कार्यान्वयन नहुने

जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतीष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता एवं प्रतिनिधिसभा सदस्य चौधरीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सत्तारूढ नेकपाका नेतासमेत रहेका चौधरीले आउँदो केही समयभित्र जखेरा तालमा आफ्नो तर्फबाट तीन वटा अत्याधुनिक डुङ्गा सहयोग गर्ने आश्वासन दिएका छन् ।

डुङ्गा ल्याउने प्रयास आफूले केहीअघि देखिनै थालेकोभएपनी विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अब निकट भविस्यमै आफ्नो तर्फबाट करिब १० लाख लागतका तिनवटा डुङ्गा जखेरा ताललाई उपलब्ध गराउने सांसद चौधरीको जिकिर थियो ।

याे पनि पढ्नुस  थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५४ पुग्यो

जखेरा शिवालय धार्मिक पर्यटन बिकास संरक्षण प्रतीष्ठानका सदस्य केशवराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लमही नगरपालिका-३ का वडा अध्यक्ष बाबुराम चौधरीले पूर्व-पश्चिम राजमार्गबाट तालसम्म पुग्ने जखेरा रोड (जुन आधाभाग मात्रै कालोपत्रे भएको छ) को बारेमा पूरै कालोपत्रे गर्ने सन्दर्भमा सांसद चौधरीको ध्यानाकर्षण गराएका थिए ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमा रहेकी महिलाले जन्माइन् जुम्ल्याहा शिशु

यता जखेरा शिवालय धार्मिक पर्यटन बिकास संरक्षण प्रतिष्ठानले अब जखेरा ताललाई पनि बहुवर्षिय योजनामा समाहित गर्नुपर्ने सुझाव दिएको छ । यसो गर्दा तालको दिगो विकासमा टेवा पुग्ने भएकाले यसका लागि पहल गर्न सभासद चौधरी समक्ष अनुरोध गरिएकाे छ ।

ताल संरक्षण प्रतिष्ठानका पदाधिकारी, सत्तारूढ दल नेकपाका विभिन्न तहका नेता लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले गरेका थिए ।

कमेन्ट गर्नुहोस्