जुम्लामा एकैदिन ४२ संक्रमितले जिते कोरोना

खलङ्गा : जुम्लामा एकै दिन ४२ जनाले कोरोना जितेर घर फर्किएका छन् । निर्माण व्यवसायी संघ जुम्ला, जिल्ला कारागार जुम्ला सहित विभिन्न होम आईसोलेशनमा बसेका व्यक्तिहरुको नतिजा नेगेटिभ आएपछि घर फकाईएको हो ।

निर्माण व्यवसायी संघको कार्यालयमा रहेको आईसोलेशनमा रहेका २६ जना, जिल्ला कारागारमा आईसोलेशनमा रहेका ८ जना, हिमा गाउँपालिकाको आईसोलेसनमा रहेका ६ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेशनमा रहेका २ जना गरी ४२ जनाको नतिजा नेगेटिभ आएर आईसोलेशनबाट विदाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।

याे पनि पढ्नुस  एउटै वडाका ४२ जनामा कोरोना पोजिटिभ

चन्दननाथ नगरपालिकाले निर्माण गरेको निर्माण व्यवसायीको हलको आईसोलेशनका व्यक्तिहरुलाई नतिजा नेगेटिभ आएपछि चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र सहायक प्रमुख जिल्ला अधिकारी देवकोटासहितको टिमले विदाई गरेको थियो ।

कमेन्ट गर्नुहोस्