आयुर्वेदको भूमिका बढाउन सरकार दृढ छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा आयुर्वेदिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

कोभिड-१९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सो अवसरमा उनले आयुर्वेदभित्रै योगा पनि पर्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो ।’

याे पनि पढ्नुस  ओलीको निम्तो स्वीकार्दै मोदीले भनेः यसै वर्ष नेपाल आउँछु

मेसिनहरू एलोपेथिक नभएको प्रष्ट पार्दै उनले आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान रऔद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिए ।

प्रधानमन्त्री ओलीले आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष्य राखिएको उल्लेख गरे ।

उनले निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको बताए । ‘हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका थिए,’ प्रधानमन्त्री ओलीले भने ।

याे पनि पढ्नुस  बाबुरामलाई सूर्य थापाको व्यङ्ग्यः ‘टिपेस्ट नेतृत्व’लाई बधाई !

कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाएर यसको प्रयोगलाई बढाउन समेत उनले सबैको ध्यानाकर्षण गराए ।

पार्टीका अर्का अध्यक्ष प्रचण्डका साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिएका प्रधानमन्त्री ओलीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचारप्रसार गर्न पनि जोड दिए ।

याे पनि पढ्नुस  को हुन् प्रधानमन्त्रीले फोन गरेर हौंसला दिएका युवा किसान ?

सो अवसरमा आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्याय, डा.ऋषिराम कोइराला, डा. प्रदीप केसी, विनोद पौडेल, डा. रामआधार यादव, डा. सन्तोष ठाकुर, प्रा.डा. डीबी रोका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा. धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राख्दै प्रधानमन्त्री ओलीको तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलोपटक परामर्श गरिएकोमा विशेष आभार र धन्यवाद ज्ञापन गरेका थिए ।

कमेन्ट गर्नुहोस्