सीपीएल फाइनल : जुक्सद्वारा पोलार्डको टिमलाई १५४ रनको लक्ष्य

काठमाडौं  : वेष्ट इण्डिजमा जारी क्यारेबिन प्रिमियर लिग (सीपीएल) को फाइनलमा सेन्ट लुसिया जुक्सले ट्रीनबागो नाइट राइडर्सलाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको जुक्सले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन बनायो ।

याे पनि पढ्नुस  सीपीएलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै दिल्लीद्वारा सन्दीपको प्रशंसा

उसका लागि आन्द्रे फ्लेचरले ३९, मार्क दयालले २९, नजीबुल्लाह जर्दानले २४, रोस्टन चेसले २२ रन बनाउँदा अरू ब्याट्सम्यानले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

बलिङमा नाइट राइडर्सका कप्तान किरण पोलार्डले शानदार बलिङ गरे । उनले ४ ओभरमा ३० रन दिएर ४ विकेट लिए । त्यस्तै, अलि खान, फवाद अहमदले २/२ र अलि होसेनले १ विकेट लिए ।

कमेन्ट गर्नुहोस्