भारत र जापानका प्रधानमन्त्रीबीच फोनवार्ता

नयाँदिल्ली : भारत र जापानका प्रधानमन्त्रीबीच फोनमा कुराकानी भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस फोनवार्ताका क्रममा दुई देशबीचको आपसी हितका विभिन्न विषयहरुमा कुराकानी भएको थियो ।

उनीहरुबीच मुम्बई अहमदाबाद दुर्त गतिको रेलसेवाका बारेमा पनि कुराकानी भएको बताइएको छ । उनीहरुबीच भारत र जापानबीचमा विगतका वर्षहरूदेखिको दरिलो र सुमधुर सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त भएको थियो ।

याे पनि पढ्नुस  भारतीय प्रधानमन्त्री मोदी र श्रीलंकाली प्रधानमन्त्री राजपाक्छे फोनवार्ता

हाल कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो । विश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरसका कारण विश्वव्यापी रुपमा नै नराम्ररी प्रभाव परिरहेको छ ।

भारतमा अमेरिकापछिको विश्वमा नै सबैभन्दा धेरै भाइरसका संक्रमित भएका छन् । यस भाइरसको प्रकोप नियन्त्रण र रोकथामका लागि आपसमा सहयोग गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्