भारतमा कोरोनाले तोड्यो रेकर्ड, एकै दिन ९७ हजार संक्रमित, कुल संक्रमण ४५ लाख नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले विकराल रुप लिएको छ । बिहिबारका दिन आजसम्मकै उच्च संक्रमण देखिएको हो ।

कोभिड१९इण्डियाका अनुसार, भारतमा पछिल्लो २४ घण्टामा रेकर्ड ९६ हजार ७ सय ६० जनामा संक्रमण देखिएको हो ।

योसँग भारतमा कोरोना संक्रमित हुनेको संख्या ४५ लाख ३९ हजार ९ सय ८३ पुगेको छ ।

याे पनि पढ्नुस  भारतमा एकैदिन १२२४ नयाँ संक्रमित, आज प्रम मोदीले सम्बोधन गर्ने

पछिल्लो २४ घण्टामा मात्रै भारतमा १२१३ जनाको मृत्यु भएको छ ।

संक्रमणको तुलनामा मृत्युदर भने घटेको छ । पछिल्लो दिनमा यो संक्रमण दर १.७ प्रतिशतबाट घटेर १.६७ प्रतिशत पुगेको छ । तर पञ्जाब, छत्तीसगढ, तलिनाडु, उत्तराखण्ड, केरल र आसाममा भने मृत्युदर बढिरहेको छ ।

भारतले यसै साता मात्रै केही शहरहरुमा मेट्रो रेल सेवा सुचारु गर्ने निर्णय गरेको थियो । देशका अधिकांश स्थानमा लकडाउन खुकुलो बनाइएको छ । केन्द्र सरकारले कक्षा ९ देखि १२ सम्मका लागि
स्कूल तथा कलेज खोल्ने निर्णय समेत गरिसकेको छ ।

याे पनि पढ्नुस  आनन्दबिहार र लालकुवामा हजारौं ओइरिए, आज र भोली युपी रोडवेजका दुई सय चल्ने

तर संक्रमण भने भयावह तरिकाले बढदै गएको हो । भारतमा सबैभनदा धेरै संक्रमण महाराष्ट्र राज्य र विशेषगरी मुम्बईमा देखिएको छ । राजधानी दिल्लीमा शुरुका दिनमा निकै उच्च र भयावह देखिएपनि अहिले तुलनात्मकरुपमा यो कम भएको पाइन्छ ।

आर्थिक क्रियाकलाप शुरु हुँदै गएपछि नेपालबाट समेत कामका लागि भारत फर्किनेको संख्या बढ्दै गएको छ । यद्यपी संक्रमण हेर्दा भारतको अवस्था झनै विकराल बन्ने देखिएको छ ।

कमेन्ट गर्नुहोस्