सिपिएल–२० मा त्रिनबागो नाइट राइडर्सको ऐतिहासिक जीत, शाहरुख खानले दिए बधाई

काठमार्डौं । क्यारेबियाई प्रिमियर लिगमा त्रिनबागो नाइट राइडर्सले ऐतिहासिक जीत हात पारेको छ ।

नाइट राइडर्सले सेन्ट लुसिया जोक्सलाई ८ विकेटले हराउँदै जीत हासिल गरेको हो ।

अन्तिम खेलमा सेन्ट लुसियाले राखेको १ सय ५५ रनको लक्षलाई त्रिनिबागोले २ विकेटको क्षतिमा१८.१ ओभरमा हासिल गर्न सफल भएको थियो ।

योसँग त्रिनबाटोको टीम चौथोपटक पनि लिग उपाधि चुम्न सफल भएको हो ।

त्रिनबागो टीमले ऐतिहासिक जीत हात पारेपछि बलिउड अभिनेता शाहरुख खानले खुशी व्यक्त गरेका छन् । त्रिनिबागो शाहरुख खानको टीम हो । शाहरुखानले खुशी व्यक्त गर्दै टीमको सेल्फी पोष्ट गरेका छन् । “तीकेआर हामी जित्यौ । शानदार केटाहरु… तिमीहरुले मलाई गौरवान्वित गरेका छौ र बिना भीड दुशी मनायौ । धेरै माया ।”

याे पनि पढ्नुस  सीपीएलः सन्दिपको टिम खेल्दै, बलिङ रोज्यो [LIVE]

अन्तिम खेलमा टस हारेर ब्याटिङको मौका पाएको जुक्सले १९।१ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थिया थियो ।

उसका लागि आन्द्रे फ्लेचरले ३९, मार्क दयालले २९, नजीबुल्लाह जर्दानले २४, रोस्टन चेसले २२ रन बनाउँदा अरू ब्याट्सम्यानले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  सीपीएलः सन्दिपको शानदार प्रदर्शन, एकै ओभर लगे २ विकेट !

बलिङमा नाइट राइडर्सका कप्तान किरण पोलार्डले शानदार बलिङ गरे । उनले ४ ओभरमा ३० रन दिएर ४ विकेट लिए । त्यस्तै, अलि खान, फवाद अहमदले २र२ र अलि होसेनले १ विकेट लिएका थिए ।
त्रिनबागो नाइट राइडर्स को जीतमा पोलार्डको अहम योगदान रहेको थियो । कप्तान कायरन पोलार्डले घातक बल गर्दै द्ध विकेट लिएका थिए । सिमन्सले ८४ रनको पारीमा ४९ बलको सामना गर्दै ८ चौका र ४ छक्का हानेका थिए । यसैगरी डैरेन ले ४७ बल सामना गर्दै २ चौका र ६ छक्का लगाएर ५८ रन बनाएका थिए ।

कमेन्ट गर्नुहोस्