धनगढीमा एकैदिन ३७ जना प्रहरीमा कोरोना देखियो

धनगढीमा एकैदिन ३७ जना प्रहरीमा कोरोना देखिएकाे छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार ३७ जना नेपाल प्रहरीमा काेराेना देखिएकाे हाे । याेसँगै बिहिबार मात्रै प्रयाेगशालामा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियाे ।

पछिल्लो २४ घण्टामा ३१९ स्वाब नमूना जाँच गर्दा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएकामध्ये ४८ जना धनगढीका रहेका छन् । यसैगरी, गोदावरी नगरपालिकामा १४, कैलारी गाउँपालिका–३ मा एक, चुरे गाउँपालिका–६ मा दुई, घोडाघोडी नगरपालिकामा एक र कञ्चनपुरको पुनर्वास नगरपालिकामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  बिहानै थप २४ जनामा देखियो कोरोना

धनगढीमा बिहीबार थपिएका सङ्क्रमितमध्ये ३७ जना प्रहरी रहेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य संयोजक लक्ष्मी उपाध्यायले बताए । सङ्क्रमित सबै प्रहरी गणमा कार्यरत छन् । यसैगरी, धनगढी उपमहानगरपालिका–१ मा एउटै घरमा बसोबास गर्ने नौ जना श्रमिकमा सङ्क्रमण भएको छ । उनीहरु घर बनाउने, अटो चलाउनेलगायतका विभिन्न काम गर्ने मजदुर रहेका जनाइएको छ ।

याे पनि पढ्नुस  मृतक महिलामा अस्पताल जानुपूर्व कोरोना भएको शंका, भर्ना हुनअघि किन भएन जाँच ?

पछिल्लो समय धनगढी कोरोना सङ्क्रमणको ‘हट स्पट’ बनेको छ । धनगढी उपमहानगरपालिका–५ मा एक हप्ता अघि धेरैमा स्थानीय सङ्क्रमण पुष्टि भएको थियो । सो वडामा अझैँ पनि कोरोना सङ्क्रमित थपिने क्रम जारी रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाए । उहाँले धनगढीमा सङ्क्रमणको ‘चैन ब्रेक’ गर्न आवश्यक रहेको उल्लेख गरे ।
Photo Symbolic

कमेन्ट गर्नुहोस्