आज भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविदको चेतावनी

काठमाडौं । मौसम पूर्वानुमान शाखाले देशका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन चेतावनी दिएको छ ।

महाशाखाका अनुसार, प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको छ ।
दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी आज राती प्रदेश–१, बागमती र प्रदेश५ का एकरदुई स्थानमा भारी वर्षाको हुन सक्ने भएकाले सतकर्ता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

महाशाखाद्वारा मौसम पूर्वानुमान बुलटेनिमा उल्लेख गरेअनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । त्यस्तै, पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अवस्थित छ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र गण्डकी र बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्