राम मन्दिर निर्माणका लागि गठित कोषबाट लाखौंको ठगी

अयोध्या । भारतको अयोध्यामा राम मन्दिर ट्रष्टबाट लाखौंको चोरी भएको छ ।

राम जन्मभूमि तीर्थ ट्रको खाताबाट ६ लाख भारतीय रुपैयाँ चोरी भएको हो ।

जनसत्तामा प्रकाशित समाचार अनुसार, मन्दिर निर्माणका लागि करोडौं रुपैयाँ कोषमा जम्मा हुन थालेसँगै ठगी हुन थालेको हो ।

ट्रष्टका महासचिव चम्पत रायले अयोध्य प्रहरीमा निवेदन दिँदै छानबीनको माग गरेका छन् । चम्पतका अनुसार कोषको बैंक खाताबाट नक्कली चेक प्रयोग गरी ६ लाख रुपैयाँ झिकिएको हो । जानकारी अनुसार, बैंकबाट क्लोन चेकको माध्यमबाट ६ लाख रुपैयाँ निकालिएको थियो । तेश्रो क्लोन चेकबाट निकासी गर्दै गर्दा भेरिफिकेसन गर्ने क्रममा यो ठगीको कुरा सार्वजनिक भएको थियो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री मोदीसँगै अयोध्यामा भूमिपूजा गरेका गोपालदासलाई कोरोना पुष्टि

तेश्रो चेक साट्ने बेला शंका लागेपछि बैंकले रायलाई फोन गर्दै यससम्बन्धमा सोधको थियो । त्यसपछि मात्रै चेक र ट्रष्टीको नक्कली हस्ताक्षर रहेको पत्ता लागेको हो ।
प्रहरीका अनुसार, लखनउको एउटा बैंकबाट क्लोन चेक बनाएर १ सेप्टेम्बरमा ढाई लाख रुपैयाँको निकासी गरिएको थियो । यसैपछि ३ सेप्टेम्बरका दि ३ लाख निकालिएको थियो । तेश्रो नक्कली चेक लगाएर ९ लाख ८६ हजार रुपैयाँ बैंक अ फ बडौदामा निकाल्ने कोशिस गर्दा यो घटना पत्ता लागेको हो ।

याे पनि पढ्नुस  अयोध्यामा राम मन्दिर निर्माणको ऐतिहासिक घोषणा, भूमि पूजनमा मोदी पनि उपस्थित हुने

अयोध्यामा राम मन्दिर निर्माणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिनामात्रै भूमिपुजन गरेका थिए । राम मन्दिरको मुद्दा भारतीय जनता पार्टीले दशकौंदेखि उठाउँदै आएको छ । उक्त स्थानमा मस्जिदका सम्बन्धमा रहेको विवादबारे भारतीय सर्वोच्च अदालतले फैसला सुनाएपछि राम मन्दिरको बाटो खुलेको हो ।

कमेन्ट गर्नुहोस्