ट्विटरमा चिनियाँ राजदूतको एकाउण्टबाट पोर्न सामग्री लाइक गरेको भेटिएछि खुला अनुसन्धान गर्न दूतावासको माग

लण्डन । बेलायतका लागि चिनियाँ राजदूतको आधिकारिक ट्विटर एकाउण्टबाट एउटा अश्लील सामग्री ‘लाइक’ गरिएको भेटिएपछि दूतावासले अनुसन्धानका लागि ट्विटरसँग आग्रह गरेको छ ।

लण्डनमा रहेका एकजना मानव अधिकारकर्मीले सबैभन्दा पहिले यो लाइक गरेको देखेका थिए । बुधबारका दिन भएको घटना तत्कालै भाइरल बनेको थियो । राजदूत आफैले लाइक गरेको या उनको एकाउण्ट ह्याक भएको भन्दै यसले ठूलो चर्चा पाएको थियो ।

याे पनि पढ्नुस  के साच्चिँकै सरकार फेसबुक–ट्वीटर बन्द गर्न लागेको हो? यस्तो छ धारणा

उक्त लाइक कुन समयमा गरिएको थियो र के कति समयसम्म लाइकमा नै रह्यो भन्ने कुरा भने खुलेको छैन । यो कुरा थाहा पाउनेबित्तिकै दूतावासले लाइक हटाएको थियो ।

ट्विटरमा लाइक को अर्थ प्रयोगकर्ताले कुनै सामग्री मन पराएको भन्ने अर्थमा बुझिन्न । कतिपय बेला कुनै सामग्री बुकमार्क गर्न पनि लाइक बटन क्लिक हुन्छ ।

याे पनि पढ्नुस  आमीर खानबारे के भने त्यस्तो केआरकेले ? ट्वीटरले ब्लक गरिदियो अकाउन्ट

अहिले ती सबै लाइक गरिएका सामग्री हटाइएका छन् । राजदूतको अफिसियल एकाउण्टमा ८५ हजार फलोअर्स रहेका छन् ।

बुधबारका दिन नै चिनियाँ दूतावासले एक विज्ञप्ती जारी गर्दै यस विषयमा खुला अनुसन्धान गर्न ट्विटरसँग अनुरोध गरेको छ ।

“हालै केही चीनविरोधी तत्वहरुले राजदूत ल्यू जियायोमिङको ट्विटर एकाउण्टमा बर्बर तरिकाले आक्रमण गर्दै जनतालाई धोका दिने लज्जाष्पद तरिका अवलम्बन गरेका छन् ।” दूतावासको विज्ञप्तीमा उल्लेख छ, “हामी यस्ता कार्यका घोर भत्र्सना गर्दछौं । हामीले यसबारेमा ट्विटरलाई जानकारी गराउँदै यो विषयलाई गम्भीररुपमा लिएर छानबीन गर्न अनुरोध गर्दछौं ।”

कमेन्ट गर्नुहोस्