एकाबिहानै डोटीमा जीप दुर्घटना, १२ घाइते, ४ जनाको अवस्था गम्भीर

डोटी । एकाबिहानै डोटी जिल्लामा जीप दुर्घटनामा परेको छ ।

डोटीको पुर्बीचौकी गाउँपालिका –१ श्रीमा मा धनगढीबाट अछाम गइरहेको जीप दुर्घटनाग्रस्त भएको हा ।
जीप दुर्घटना हुँदा १२ जना घाईते भएका छन । से १ ज १०६६ नम्बरको जीप सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रहरी निरिक्षक कर्णबहादुर बोहराले बताए ।

याे पनि पढ्नुस  कर्णाली करिडोरमा जीप दुर्घटना, चालक बेपत्ता

बोहराका अनुसार दुर्घटनाका १२ जना घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाईतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । आज बिहान साढे पाँच बजेतिर जीप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । जीपमा भारतबाट फर्केका यात्रु रहेको बताइन्छ । घाईतेहरुको रेडक्रश, स्थानीय तथा प्रहरीले उद्धार गरेको र घाईतेहरुलाई जिल्ला अस्पताल डोटीमा ल्याईदै छ ।

कमेन्ट गर्नुहोस्