घट्यो सुनको मूल्य

काठमाडौंः शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको छ । बिहिबार प्रतितोला ९६ हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार घटेर प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । बिहिबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन शुक्रबार ३ सय रुपैयाँ कम अर्थात ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

याे पनि पढ्नुस  मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय पक्राउ

महासंघका अनुसार चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन अर्थात बिहिबार १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्