मन्त्रिपरिषद् बैठक बस्दै, यी महत्वपूर्ण विषयमा हुँदैछन् निर्णय

काठमाडौंः शुक्रबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारीको नियुक्ति गर्ने सम्भावना छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल भदौ २९ गते सकिँदैछ । सर्वसाधारणबाट कुलमानलाई नै दोहोर्याउन दवाव परिरहेको छ । त्यसकारण आज बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने सम्भावना छ ।

याे पनि पढ्नुस  विद्यालय खोल्ने मन्त्रिपरिषद् बैठकको निर्णय

त्यस्तै, आजको बैठकले सरकारको प्रवक्ता चयन गर्नेछ । यसअघिका प्रवक्ता डा. युवराज खतिवडा अर्थमन्त्रीबाट बाहिरएसँगै आजको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने भएको हो । सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको चर्चा छ ।

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णय (सूचीसहित)

आजको बैठकले विभिन्न सार्वजनिक संस्थानमा नियुक्ति, एसिड आक्रमण गर्नेविरुद्द अध्यादेशमार्फत कानुन बनाउन स्विकृति दिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्