ओली सरकार र प्रचण्ड पार्टी सञ्चालनमा केन्द्रित हुने

काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली सरकार र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने भएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओली सरकार र प्रचण्ड पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  कांग्रेस सरकारमा जान तयार भएको हो ? यस्तो भन्छन् गगन थापा

पारित प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष कमरेड केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत् वगर्ने र सरकारको काममा केन्द्रित हुने । अध्यक्ष कमरेड प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने ।’

याे पनि पढ्नुस  प्रचण्डलाई आक्रमण प्रयास गर्ने ‘विप्लव’ कार्यकर्ता !

नेकपा महाधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तोकियो, एमसीसी परिमार्जन गरिने

कमेन्ट गर्नुहोस्