गोरखाका सीडीओको सुरक्षामा खटिएका प्रहरीमा कोरोना पुष्टि

गोरखा : गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराईको सुरक्षामा खटिएका प्रहरीमा कोरोना संक्रमण भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार शुक्रबार प्रजिअ भट्टराईको सचिवालयमा रहेका २७ र ३८ वर्षका प्रहरीको पिसिआर रिर्पोट पोजिटिभ आएको छ ।

यसअघि कोरोना संक्रमित भएका सवारी चालकको सम्र्पकमा आएको हुनसक्ने आशंकामा गरिएको कन्ट्याक्ट ट्रेसिङमा उनीहरुको रिर्पोट पोजिटिभ आएको हो ।

याे पनि पढ्नुस  भारतको धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना संक्रमण

कन्ट्याक्ट ट्रेसिङको क्रममा गोरखा नगरपालिका ६ पाटेचौरका ४९ वर्षीय एक पुरुषको रिर्पोट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ । बारपाक सुलिकोट गाउँपालिकामा पनि दुईजना संक्रमित थपिएका छन् ।

गोरखामा भदौ ७ गतेबाट सुरु भएको निषेधआज्ञा जारी छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको र कन्ट्याक्ट टे«सिङ गरिएका धेरैको रिपोर्ट आउन बाँकी रहेकाले शुक्रबार बसेको सिसिएमसीको बैठकले ३१ गतेसम्म निषेधााज्ञा कायम राख्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्