कोरोना केही पनि होइन भन्ने भ्रममा नपर्नुस् : डा. गौतम

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण केही पनि होइन भनेर नबुझ्न आग्रह गरेको छ ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमणको जोखिम दिनानुदिन बढिरहेको अवस्थामा केही पनि होइन भन्ने खालका भ्रममा नपर्न आग्रह गरेका हुन् ।

याे पनि पढ्नुस  नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

‘कोभिड १९ केही पनि होइन भन्ने खालका भ्रम सिर्जना गर्ने, गलत तर्क जम्मा गर्ने र समाजलाई जोखिम तिर उन्मुख गराउन खालका व्यक्तिले यस रोगको रोकथाम र नियन्त्रणमा चुनौति खडा हुन जान्छ,’ उनले भने, ‘यस्तो खालका भनाइमा चनाखो भइ दिन हुन र आफ्नो टोल, छिमेकलाई सङ्क्रमण मुक्त बनाउने अभियानमा लाग्न अनुरोध छ ।’

याे पनि पढ्नुस  भारतमा कोरोना कहर: फेरि बन्यो नयाँ रेकर्ड !

आज उपत्यकामा ६९६ जना सहित देशभरी एक हजार ४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले कोभिड १९ रोगका नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड विरुद्ध नकारात्मक टिप्पणी तथा अभिव्यक्ति समेत कसैले पनि नदिन र सञ्चारमाध्यमले पनि त्यस किसिमका भ्रमहरु प्रचार प्रसार नगर्न अनुरोध गरे ।

याे पनि पढ्नुस  लकडाउनको स्वरुप परिवर्तन गरिँदै, अब कस्तो हुन्छ ?

प्रवक्ता डा. गौतमले कोरोना रोकथाम र नियन्त्रण गर्न स्वास्थ्यकर्मी अहोरात्र खटिरहेकोले सबैलाई जनस्वास्थ्यका न्यूनतम मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्