पूर्वसभामुख महराको पहलमा बिट्टु बिकको उद्धार

केशरमान बुढाथोकी, रोल्पा : पूर्वसभामुख कृष्णबहादुर महराको पहलमा रोल्पा त्रिवेणी गाउँपालिका-५ जगरकोटकी बिट्टु बिकको उद्दार भएको छ ।

मानसिक सन्तुलन गुमाई केही समययता रोल्पाकाे जुँगार, त्रिवेणी, तिला र नुवागाँउका सडक र गल्लीहरूमा दूधे बालकलाई च्यापेर अर्धचेत अवस्थामा हिडिँरहने बिट्टुको पूर्वसभामुख महाराको पहलमा उद्दार गरिएकाे हाे ।

दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका महराले आफ्नो जन्मस्थान रोल्पामा यसरी दूधे बालकलाई काखी च्यापेर मानसिक सन्तुलन गुमाएकी महिला बेबारिसे अवस्थामा हिडिँरहेको समाचार पढेपछि आफूलाई  दुख लागेकाले आफू तत्काल उद्दारमा जुटेको बताए ।

याे पनि पढ्नुस  महराको स्वास्थ्यमा समस्या

समाचारमा आएजस्तै बिट्टु बिक पूर्वमाओवादी कलाकार र जनमुक्ति सेना भए/नभएको तथ्य पत्ता नलागे पनि मानवीयताका हिसाबले आफूले तत्काल उद्दारका लागि पहल गरेको महराको भनाइ थियो ।

बिट्टुको पालनपोषण उपचार गर्नुका साथै उनको दूधेबालकको पठनपाठन समेत नीलसागरले गर्ने भएपछी बिट्टुका लागि नेपालगञ्ज केन्द्रीय कार्यालयमा नीलसागर सेवाश्रम नै उपयुक्त स्थान देखिएकाले त्यहाँ पठाउनु परेको पूर्व सभामुख महराले बताए ।

याे पनि पढ्नुस  महराको स्वास्थ्यमा समस्या

त्यस्तै, नेपालगञ्जमा केन्द्रीय कार्यालय स्थापना गरी विभिन्न स्थानमा शाखा विस्तार गरेर मानव सेवामा लागेको नीलसागर सेवाश्रमले बिट्टुको स्वास्थ्य उपचारका साथै उनी र उनको छोरीको पालनपोषण गर्ने संस्थाका केन्द्रीय अध्यक्ष सरिता खनालले बताइन् ।

विभिन्न कारणले मानसिक सन्तुलन गुमाएर मानिसहरुलाई सेवा गर्ने उद्देश्यले सञ्चालन गरिएको सेवाश्रममा हाल २५० जना यस्तै बिरामी भए पनि पूर्व सभामुख महराले बिशेष अनुरोध गरेपछि आफूहरूले बिट्टु बिक र उनकी छोरीलाई आश्रममा राख्न राजि भएको उनको उनको भनाई रहेको थियो ।

याे पनि पढ्नुस  महराको स्वास्थ्यमा समस्या

 

कमेन्ट गर्नुहोस्