स्थायी कमिटी बैठक : एमसीसी प्रस्तावमाथि लिलामणिको ‘नोट अफ डिसेन्ट’

काठमाडौं : नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमसीसीबारे अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावमाथि ‘नोट अफ डिसेन्ट’ राखेका छन् ।

आजको स्थायी कमिटी बैठकमा अध्यक्ष्यद्वयले एमसीसी परियोजना देशहितमा संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव गरेका थिए । त्यसमा पोखरेलले नोट अफ डिसेन्ट राखेका हुन् ।

याे पनि पढ्नुस  रातारात दशगजामा बाँध बनाउँदै भारत

‘एमसीसी आफैंमा विभिन्‍न उद्देश्यले आएको हो । मूल सम्झौता संशोधन हुँदैन भनेर अमेरिकी पक्षले भनिसक्यो । मूल सम्झौतामै संशोधन हुँदैन भने कसरी हित अनुकूल संशोधन हुन्छ त?’ पोखरेलले बैठकमा उठाएका थिए ।

एमसीसी आईपीएस (इन्डो प्यासिफिक स्ट्राटेजी) ०को अंग भएको बताउँदै आएका पोखरेल बैठकमा पनि त्यही कुरामा उभिएका थिए । ‘आईपीएस अमेरिकाको ग्लोबल पोलिटिक्स र सुरक्षा सञ्चालन गर्नेसँग सम्बन्धित छ । नीति र गठबन्धन हो । त्यसो हुँदा नेपालको हकमा मात्रै संशोधन होला त? नेपाल मात्रै त्यससँग सम्बन्धित छैन भन्ला त?’ पोखरेलले भने, ‘हाम्रो लागि अमेरिकाले आफ्नो ग्लोबल पोलिसी नै परिवर्तन गर्ला त?’

कमेन्ट गर्नुहोस्