भारतमा कोरोनाको फेरि नयाँ रेकर्ड

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले निकै उच्च रुप लिएको छ ।

पछिल्ला तथ्यांक हेर्दा भारतमा प्रतिघण्टा ४ हजार २३ जनामा कोरोना संक्रमण देखिएको छ । हरेक घण्टा ५० जनाको मृत्यु भइरहेको छ । देशमा पछिल्लो १० दिनमा ९ लाख ४० हजार संक्रमित देखिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतका ९नौ राज्यमा मात्रै ७४ प्रतिशत कोरोनाको घटना छन् । यसमा महाराष्ट्र, कर्नाटक र आन्ध्र प्रदेश सबैभन्दा बढी प्रभावित छन् । यी तीन राज्यमा मात्रै कुल संक्रमिय संक्रमितमध्ये ४८.४८ प्रतिशत रहेका छन्

शुक्रबारका दिन भारतमा ९७ हजार ६ सय ५४ जनामा कोरोना संक्रमण देखिको छ ।

यो आजसम्मकै उच्च रेकर्ड हो ।

यसअघि बिहिबारका दिन ९६ हजार ७ सय ६० जनामा कोरोना देखिएको थियो ।

अहलिेसम्म ३६ लाख २१ हजार ४३८ जना निको भइसकेका छन् ।

भारतमा अहिलेसम्म ७७ हजार ५०६ जनाको मृत्य भइसकेको छ । शनिबार मात्रै १२०२ जनाको मृत्यु भएको कोभिड१९ले जनाएको छ ।

सरकारको ध्यान सीमा विवाद भड्काउनेतर्फ

कोरोना संक्रमणले जनसंख्याको ठूलो हिस्सा संक्रमित भइरहँदा समेत केन्द्र र राज्य सरकारहरुको प्राथमिकता भने अनावश्यक हल्ला र विवाद सिर्जना गराउने तर्फ देखिन्छ ।

देशमा हरेक दिन एक लाखको हाराहारीमा कोरोना देखिँदा पनि भारतीय केन्द्रीय सरकारले भने चीनसँगको विवादलाई अनावश्यकरुपमा बढाइरहेको आरोप लागेको छ ।

कोरोना रोकथामतर्फ मिडियादेखि आम जनतालाई सतर्क पार्ने बेलामा भारतले लद्दाखमा विवादित क्षेत्रमा सेनालाई उक्साउने काम गरेको आरोप लागेको हो ।

“जनताको ध्यान अन्यत्र मोड्न भारतीय सरकारले लद्दाख विवाद अनावश्यकरुपमा उचालेको छ ।” विश्लेषकहरुले भनेका छन, “उता सबैभन्दा बढी संक्रमण रहेको महाराष्ट्रमा सुशान्तको मृत्यु र कंगना रनौटको चर्चामा सरकार अल्झेको छ ।”

कमेन्ट गर्नुहोस्