भक्तपुर घटनाः कसरी भयो बुबा-आमा र छोराको एकैसाथ मृत्यु ? यस्तो छ प्रारम्भिक अनुसन्धान

काठमाडौंः भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा शुक्रबार साँझ सुदीप अधिकारी, उनकी पत्नी सम्झना र छोरा सुशान्त मृत अवस्थामा भेटिए ।

घरको तेस्रो तलामा सम्झाना र चौथो तलमा बुबा–छोराको शव फेला परेको हो । घरको दोस्रो तलमा कुकुर समेत मृत भेटिएको छ ।

गम्भीर प्रकृतिको घटना भएको भन्दै जानकारी पाएलगत्तै भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गए ।

याे पनि पढ्नुस  प्रेमीसँग मिलेर आमाको हत्याः छोरीसहित ४ जनालाई जन्मकैद

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि घटनास्थलमा बोलाइयो । नेपाल प्रहरीको तालिम प्राप्त कुकुर सहितको टोली अनुसन्धानमा परिचालन गरिएको छ । अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवी समेत खटिएको छ ।

त्यसक्रममा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारा थापाले घटना केही दिन पहिले नै भएको हुन सक्ने बताइन् ।

याे पनि पढ्नुस  आइएसद्वारा ११ जना इसाई बन्धकको शिरोच्छेदन गरी हत्या

प्रहरीका अनुसार सम्झना र सुशान्तको टाउकोमा गहिरो चोट देखिएको छ । उनीहरू मृत फेला परेको भित्तामा समेत रगतको छिर्का देखिएको छ । सुदिपको शरीरमा भने कुनै बाहिरी चोटपटक छैन । त्यसकारण धारिलो हतियार प्रयोग गरेर आमा–छोराको हत्या भएको हुनसक्न प्रहरी स्रोतको दाबी छ ।

याे पनि पढ्नुस  श्रीमतीसँगैको फोटो देखेपछि युवकको हत्या !

उक्त घटनामा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिपले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानका संलग्न एक अधिकारी भन्छन्, ‘दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्छ । हामी अनुसन्धानमै छौं ।’

कमेन्ट गर्नुहोस्