चिट्ठी विवादपछि भारतीय कांग्रेसमा ठूलो परिवर्तन, हटाइए ५ महासचिव

नयाँ दिल्ली । भारतमा कांग्रेसभित्रको विवाद हल गर्न निकै ठूलो परिवर्तन गरिएको छ ।
]
संगठनभित्र विवादलाई लिएर केही नेताहरुले सोनिया गान्धीलाई पत्र लेखेपछि विवाद चुलिएको थियो ।

पत्र लेख्ने नेताहरुलाई कार्वाही गर्नुपर्ने या नपर्ने विषयमा लामो समयसम्म चर्काचर्की परेकै बेला शुक्रबारका दिन कांग्रेसले निकै ठूलो निर्णय गरेको हो ।

याे पनि पढ्नुस  कर्नाटकमा प्रधामन्त्री मोदी र कांग्रेस अध्यक्ष राहुल गान्धीबीच भिषण युद्ध

कांग्रेसले कार्यसमितिमा हेरफेर गर्दै कतिपयलाई जिम्मेवारी मुक्त गरेको छ भने केही नेता थपिएका छन् । योसँगै विवाद अन्त्यसँग जोडिएका केही समिति समेत गठन गरिएका छन् ।

पार्टीलाई विभाजनबाट जोगाउन राहुल गान्धी समर्थक नेताहरुसँगै वरिष्ठ नेताहलाई पनि संगठन र कांग्रेसको नीति निर्धारण इकाइहरुमा समावेश गरिएको छ ।

याे पनि पढ्नुस  भारतीय कांग्रेस आइको अध्यक्ष राहुल गान्धी काठमाडौंमा

यसका साथै कौ का्रग्रेसको नया अध्यक्ष निर्वाचन गर्न पाँच सदस्यी केन्द्रीय चुनाव समतिको गठन गरिएको छ ।

यसैगरी पार्टीका पाँच जना महासचिवलाई हटाइएको छ । गुलाब नबी आजाद, अम्बिका सोनी र मल्लिकार्जुन खडके लगायतका महासचिवको स्थानमा रणदीप सुरजेवाला, तारिक अनवर र जितेन्द्र सिंहलाई महासचिव बनाइएको छ । विवादित पत्र लेख्ने जिति प्रसाद र राजीव शुक्ललाई पनि पहिलोपटक इन्चार्ज बनाउँदै राज्यको जिम्मेवारी दिइएको छ ।

याे पनि पढ्नुस  कंग्रेस अध्यक्षले दिए राजीनामा

यस्तै राहुल गान्धी निकट रहेका सचिन रावलाई कार्यसमितिमा आमन्त्रित सदस्यमा कायम राख्दै जितिन प्रसादलाई प्रमोशन गरिएको छ ।

कमेन्ट गर्नुहोस्