बिबिसी: कोरोनाले बढायो धनी र गरीब देशबीचको दूरी

काठमाडौं । कोरोना भाइरस महामारीको असर सबैभन्दा बढी गरिब देशमाथि परेको छ । यसले वैश्विकस्तरमा असमानता बढाएको छ ।
बिबिसीले गरेको एक सर्वेक्षणले यो कुरा देखाएको हो ।

११ मार्चका दिन कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेपछि ६ महिनासम्म अलग अलग देश यसबाट के कसरी प्रभावित भए भन्ने विषयमा बिबिसीले एक सर्वेक्षण गरेको थियो । यो सर्वेक्षणमा ३० हजार मानिस सहभागी थिए ।

कोरोना संक्रमणका कारण कैयन देशमा लकडाउन लगाइयो । यसको असर ती देशहरुको आर्थिक अवस्थामा पर्यो । गरीब देश र युवाहरु भन्छन्, “महामारीका कारण जीवनकै सबैभन्दा खराब समय चलिरहेको छ ।”

सर्भेमा भाग लिएका मानिसहरुमा गरिब देशमा बसोबास गर्ने ६९ प्रतिशतले उनीहरुको आय घटेको बताए । धनी देशमा बस्ने ४५ प्रतिशतको आयमा कमी भएको देखिएको थियो ।
कोरोना महामारीका कारण असमानताको स्तर जाती र लिंगका आधारमा पनि हेरिएको थियो । पुरुषको तुलनामा महिलाको अवस्था खराब भएको र अमेरिकामा भने सेता जातिका मानिसभन्दा कालो जातिका मानिसको अवस्था झनै दयनीय भएको विविसीको सर्भेले देखाएको छ ।

बिबिसीका लागि ग्लोबस्क्यानले यो सर्भे २७ वटा देशमा गरेको थियो । यो सर्भेमा ३० हजार मानिसलाई कोरोना र त्यसले उनीहरुको जीवनमा पारेको असरका बारेम ासोधिएको थियो ।
ग्लोस्क्यानका प्रमुख कार्यकारी क्रिस कोल्टरले बिबिसीलाई बताए अनुसार, यो महामारीका बारेमा व्यक्त कतिपय विचारमा सबैभन्दा महत्वपूर्ण विचार ‘हामी सबै कठीन समयमा छौं” भन्ने नै हो ।

योसँगै अर्को महत्वपूर्ण कुरा कैयन देशमा यसअघि नै गरिबी र अन्य सुविधाबाट वञ्चित मानिसहरुमा नै यो महामारीको सबैभन्दा बढी असर परेको छ ।

संसारमा बढ्यो असमानता

सर्भेमा महामारीका कारण धनी देशको तुलनामा गरीब देशमा बढी असर परेको उल्लेख छ । यसले गर्दा यसअघि धनी र देशका बीच रहेको असमानता झनै चुलिएको छ ।

आर्थिक सहयोग र विकास संगठन (ओइसिडी) र यसका गैर सदस्य देशहरुबीच निकै ठूलो खाडल सिर्जना भएको छ । ओइसिडीमा संसारका सबैभन्दा धनी ३७ देश रहेका छन् ।

सर्भेमा ओइसिडी देशमा नपर्ने देशका ६९ प्रतिशत जनताको आयमा कमी आएको छ । जबकि यो संख्या ती धनी देशहरुमा भने ४५ प्रतिशत मात्रै देखिएको छ ।

सर्भेमा यूरोप र उत्तर अमेरिकाको तुलनामा ल्याटिन अमेरिका, एशिया र अफ्रिकामा रहेन मानिसमा कोरोनाको मार बढी परेको छ ।

केन्यामा ९१ प्रतिशत, थाइल्याण््डमा ८१ प्रतिशत र नाइजेरियामा ८० प्रतिशत, दक्षिण अफ्रिकामा ७७ र भियतनाममा ७४ प्रतिशत मानिसहरु आर्थिकरुपमा प्रभावित बनेका छन् ।

युवा र बृद्धमा फरक फरक असर

सर्भेका अनुसार, युवाहरुले युवा र बृद्धबीचको अन्तर पनि बढाएको छ । युवा पीढिले बृद्धहरुको तुलनामा बढी कठिनाई सामना गर्नुपरेको बताए ।

१९९० दशकको मध्यदेखि २०१० सम्म जन्मिने जेनरेशन जेडका ५५ प्रतिशत सहभागी र १९८० देखि १९९० को मध्यसम्म जन्मिने प्रतिभागीहरुले महामारीले उनीहरुको जीवनम उल्लेख्य असर गरेको बताए । बृद्धहरुको हकमा भने उनीहरुको स्वास्थ्य र आर्थिक अवस्थामा महामारीको त्यति असर परेन । विश्वव्यापीरुपमा बुजुर्गहरुमा ३९ प्रतिशतमा मात्रै यसको असर परेको देखिएको छ । जबकि ५६ प्रतिशतले खासै असर नपरेको बताए ।

सर्भेमा देखिएका अन्य कुराहरु

  1. ५७ प्रतिशत मानिसको आथिृक अवस्थामा गम्भीर समस्या देखियो
  2. महिलाहरुमा पुरुषको तुलनामा बढी समस्या देखियो । उनीहरुको आय पनि कम भयो । महिरा र पुरुषबीच आयमा सबैभन्दा धेरै असमानता जर्मनीमा ३२/२४ प्रतिशत, इटलीमा ५०/३ र बेलायतमा ४५ प्रतिशत महिलाको तुलनामा ३८ प्रतिशत पुरुषमा देखियो
  3. बच्चाका आमाबुवामा पनि यसको धेरै असर परेको छ । बच्चा नहुनेको तुलनामा बच्चा हुने ५७ प्रतिशतमा यसको गम्भीर असर देखियो ।

कमेन्ट गर्नुहोस्