सावधान, यी हुन कालोसूचिमा परेका हेण्ड स्यानेटाइजर, ९ कम्पनीका सामान खरीद नगर्न औषधी व्यवस्था विभागको अनुरोध

काठमाडौं । सरकारले गुणस्तरहीन हेण्ड स्यानेटाइजर उत्पादन गर्ने कम्पनीमाथि कार्वाही अघि बढाएको छ । साथै ती कम्पनीबाट उत्पादित भएका समान नकिन्न समेत सर्वासधारणलाई अनुरोध गरेको छ ।

मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई औषधि व्यवस्था विभागले कारबाही गरेको हो ।

याे पनि पढ्नुस  सावधान, एल्कोहल बेस्ड सेनिटाइजरदेखि सनक्रिम र लाइटरसम्म, बिर्सेर पनि गाडीमा नछोड्नुस यी ५ कुरा

मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।

हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ुइन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनलु, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ुएड्भान्स ह्यान्ड स्यानिटाइजरु, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ुइन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेलु र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरु मा विषाक्त मिथानोल रहेको पाइएको हो । ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।

याे पनि पढ्नुस  बजारबाट स्यानिटाइजर किन्दा ध्यान दिनै पर्ने तीन कुरा

यस्तै, भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने इन्सटेन्ट ह्यान्ड स्यानिटाइजरमा पनि विषाक्त मिथानोल प्रयोग भएको पाइएको हो । यो कम्पनीलाई विभागले यसअघि नै बन्द गरिसकेको छ ।

 

कमेन्ट गर्नुहोस्