पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु

रोल्पाः लुङग्री गाउँपालिका–१ पाँङ ऐपेमा गोठ माथिबाट आएको पहिरोले पुरिँदा दुई बालकको मृत्यु भएको छ ।

रातकोसाढे १२ बजे गोठ माथिबाट खसेको पहिरोले गोठ पुरिँदा गोठमा सुतिरहेका ११ वर्षीय युवराज घर्ती र आठ वर्षीय अमर घर्तीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जनाकारी दिए । उनीहरुसँगै सुतेका मध्ये ५० वर्षीय हजुरआमा पहिरोमा च्यापिएर घाइते भएकी छन् ।

याे पनि पढ्नुस  मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !

मजदुरी गर्न भारत गएका मृतक बालकका बुवा ज्ञानसिंह घर्तीमगर करिव ८ वर्षदेखि सम्र्पकमा छैनन् । हजुरबुवा अहिले मजदुरीकै क्रममा गोरखामा छन् ।

परिवारको आर्थिक अवस्था नाजुक छ । राहातका लागि छिटै नै वडा र गाउँपालिकासँग छलफल तथा समन्वय गरेर राहात वितरण गर्ने लुङग्री गाउँपालिक–१ का वडा अध्यक्ष मति पुनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्