फेसबुकमा फोटो राखेको भन्दै झडप, प्रहरीद्वारा ७ राउण्ड अश्रु ग्यास प्रहार

धनुषा : जनकपुरधाममा फेसबुकमा फोटो राखेको विषयमा दुई पक्षबीच झडप भएको छ । जनकपुरधाम-२० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ । झडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहारसमेत गरेको छ ।

दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले बताए । उनका अनुसार मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको बिषयमा विवाद भएको थियो ।

याे पनि पढ्नुस  ‘जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन’

अहिले अबस्था सामान्य भएको र विवाद मिलाउन दुबै पक्षबीच छलफल भइरहेको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्