राप्रपाका जिल्ला अध्यक्ष लुइँटेल नेकपा प्रवेश

ओखलढुंगा : राष्ट्रिय प्रजातन्त्र पार्टी (साविक राणा समूह) का जिल्ला अध्यक्ष जगतप्रसाद लुईटेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

राप्रपा राणा सममूहमा लामो समयदेखि जिल्ला नेतृत्वमा रहेका लुइँटेलले प्रवेश कार्यक्रममा राप्रपाबाट परिवर्तन र मुलुकको समृद्धि सम्भव नरहेकाले नेकपा प्रवेश गरेको बताए ।

याे पनि पढ्नुस  राप्रपा महाधिवेशनमा ३,३१५ प्रतिनिधि

उनीसहित राप्रपाका क्षेत्रीय सदस्य देवेन्द्र खत्री र चम्पादेवीको कालिका गउँ कार्यसमति पनि नेकपामा प्रवेश गराइएको छ । नेकपाको चम्पादेवी गाउँ कमिटीको बैठकपछि उनलाई नेकपा प्रवेश गराइएको नेकपाका जिल्ला सचिवालय सदस्य तीर्थ सुवेदीले जानकारी दिए।

लुइँटेल २०५४ सालको स्थानीय चुनावमा तत्कालीन नेकपा एमालेका तर्फबाट साविक कालिका गाविसको गाविस अध्यक्ष निर्वाचित भएका थिए।

याे पनि पढ्नुस  एमसीसी नेपालको हितमा छः अध्यक्ष थापा

 

कमेन्ट गर्नुहोस्