काठमाडौंको सडकमा सेनाको जहाज गुडेपछि…

काठमाडौं : आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्रहालय लगिएको छ ।

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्रहालय लगिएको हो ।

एभ्रो एयर क्राफ्टको जहाज सडकमा गुडाएरै आज रातिसम्म नारायणहिटी संग्रालय पुर्‍याइने पौडेलले बताए । उनले भने, ‘जहाजको पार्टपुर्जा निकालेर गुडाउँदै लगिएको छ ।’

याे पनि पढ्नुस  नेपाली सेनाको शव लिन श्री एयरको जहाज ट्युनिसिया उड्यो

जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए । ‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्‍याएपछि ‘एसेम्बल’ गरिने पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्