याक नेपालद्वारा बाढी प्रभावितलाई खाद्यान्न सहयोग

कैलाली : परिवर्तनका लागि कार्यरत युवा समूह (याक नेपाल)ले बाढी प्रभावित क्षेत्रका स्थानीयलाई खाद्यान्न सहयोग गरेको छ । कैलालीको भजनी नगरपालिका-३ मा बाढीबाट प्रभावित भएका ५९ घर परिवारलाई शनिबार खाद्यान्न सहयोग गरेको हो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लामो समयदेखि गरिएको लकडाउन तथा बाढीबाट प्रभावित भएर चुल्होसमेत बल्न छाडेका ५९ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको याक नेपालका महासचिव हृदय पुजाराले जानकारी दिए ।

याे पनि पढ्नुस  बस र ट्रक ठोक्किँदा बालक घाइते

उनका अनुसार भजनी-३ का दैलेखी टोल र नयाँ बस्तीमा प्रतीपरिवार २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, २ किलो नुन, २ पिस साबुन वितरण गरिएको हो ।

खाद्यान्न वितरण कार्यक्रममा भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटा, वडा नं ३ का अध्यक्ष विक्रम चौधरी, याक नेपाल खाद्य अधिकार सवलीकरण परियोजनाका संयोजक देवी खनाल, वडा सदस्य जयसरा वड लगाएको उपस्थिति रहेको थियो ।

याे पनि पढ्नुस  धनगढी नगर स्तरीय राष्ट्रपति रनिङ्ग सिल्डः एथलेटिक्सका अधिकांश विधा सकिए

सुदुरपश्चिमका विभिन्न जिल्लाहरूमा खाद्य अधिकारको दृष्टिकोणले जोखिममा रहेका समुदायको हकहितको लागि काम गरिरहेको याक नेपालले यसअघि पनि लकडाउनले जीवनयापनमा प्रत्यक्ष असर पारेको घरपरिवारलाई वितरण गर्नको लागि कैलालीको विभिन्न स्थानीयतहहरूलाई खाद्यान्न सहयोग गरेको थियो ।

कमेन्ट गर्नुहोस्