भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना, १५ दिन अघि भएका थिए डिस्चार्ज

नयाँ दिल्ली । भारतीय गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना भएका छन् ।

कोरोना पोजिटिभ देखिएपछि अस्पतालमा उपचार गराएर निको भएका अमित शाह १५ दिन अघि मात्रै डिस्चार्ज भएका थिए ।

शनिबार राती श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई ११ बजेर १५ मिनेटमा अस्पताल लगिएको हो ।

ट्विटमार्फत उनले यसको जानकार दिएका छन् ।

याे पनि पढ्नुस  उत्तराखण्डका मन्त्रीकी श्रीमती संक्रमित, मन्त्रीसहित ४१ जनालाई क्वारेन्टाइनमा राखियो

५५ वर्षीय अमित शाहलाई २८ गते पोष्ट कोभिड केयरपछि अस्पतालबाट छुट्टी मिलेको थियो । उनी १८ अगस्तमा कोराना निको भएपछि को उपचारका लागि (पोष्ट कोभिड केयर) एम्स अस्पतालमा भर्ना भएका थिए ।

यसअघि पनि उनलाई शरीर दुख्ने, थकाई र रिंगटा लाग्ने समस्या देखिएको थियो ।

शनिबारका दिन फेरि पुरानै लक्षण देखिएपछि शाहलाई अखिल भारतीय आयुर्विज्ञान (एम्स)मा भर्ना गरिएको हो । अहिलेसम्म अस्पतालका तर्फबाट भने कुनै वक्तव्य सार्वजनिक गरिएको छैन ।

याे पनि पढ्नुस  कोरोना भारतः ६ दिनमा ७६९ जनाको मृत्यु, संक्रमितको संख्या ९० हजार नाघ्यो

उनलाई गत २ अगस्तका दिन कोरोना देखिएको थियो । कोरोनाको उपचार भने उनले मेदान्त अस्पतालमा गरेका थिए ।

भारतमा एकचोटी कोरोना देखिएपछि फेरि कोरोना देखिने घटनाहरु देखिन थालेका छन् ।

कोरोनाकै कारण भारतका राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको थियो ।

याे पनि पढ्नुस  बलिउड गायिका कनिका कपूरलाई कोराना, सांसददेखि राष्ट्रपतिसम्म संक्रमण फैलिन सक्ने खतरा, दर्जनौ सांसद क्वारेन्टाइनमा

अमित शाह भारतीय जनता पार्टी र सरकारका निर्णायक नेता मानिन्छन् ।

भारतमा पछिल्लो समयमा प्रतिदिन औसत ९५ हजार जनामा संक्रमण देखिन थालेको छ । शनिबार मात्रै ९४ हजार बढी संक्रमित भएका छन् ।

कमेन्ट गर्नुहोस्