भाकपा महासचिव येचुरीलगायत ५ जना दङ्गाका अभियुक्त होइनन्, मिडिया दावी गलत– दिल्ली पुलिस

दिल्ली प्रहरीले भाकपा महासचिवसहित तीन जनाविरुद्ध दिल्ली दंगा भडकाउन खोजेको विषयमा स्पष्टिकरण दिएको छ ।

दिल्ली प्रहरीले मिडियामा दावी गरिएको ‘सिपिएम महासचिव सीताराम येचुरी, स्वराज अभियानका नेता योगेन्द्र यादव र अर्थशास्त्री जयती घोष, दिल्ली विश्वविद्यालयका प्रोफेसर अपूर्वानन्द र डकुमैन्ट्री
फिल्म मेकर राहुल रायको नाम दिल्ली दंगाको पूरक चार्जशीटमा षडयन्त्रकारीकारुपमा रहेको’ कुरा खारेज गरेको हो ।

शनिवार साँझ पिटीआईले एक ट्विट गर्दै उनीहरुमाथि अभियोग लगाउन खोजिएको बताएको थियो । उक्त ट्विटमाथि निकै ठूलो चर्चा शुरु भएको थियो ।

दिल्ली प्रहरीले भने एकजना अभियुक्तले बयान दिँदा उनीहरुको नाम लिएको तर कसैको बयानका आधारमा मात्रै अभियोग लगाउन नसकिने स्पष्ट पारेको छ ।

याे पनि पढ्नुस  भाकपा नेता यचुरी भन्छन्, ‘नेपाल र भारत जुम्ल्याहा दाजुभार्इ हुन्’

समाचार एजेंसी पीटीआईका अनुसार सन् २०२० फेब्रुअरीदेखि २६ सम्म भएको दिल्ली दंगामा उनीहरुले सघाएको भन्दै दोषी ठहर गरेको दावी गरेको थियो ।

उक्त समाचार आएपछि महासचिव येचुरीले सामाजिक सञ्जालमार्फत सरकारको यो कदमको चर्को वि’रोध गरेका थिए। उनले ट्वीटरमा लेखेका छन्, ‘दिल्ली पुलिसले बीजेपीको केन्द्र सरकार र गृह मन्त्रालयको नेतृत्वमा काम गर्दछ। यो खालका अवैध र गैरकानुनी कार्यहरूले भाजपाको शीर्ष राजनीतिक नेतृत्वको चरित्र झल्काउँछ। उनीहरू विपक्षीका शान्तिपूर्ण प्रदर्शन र शक्तिबाट डराउँछन्। हामीलाई यसको दुरूपयोग गर्नबाट रोक्न चाहन्छन्।’

याे पनि पढ्नुस  भाकपा नेता यचुरी भन्छन्, ‘नेपाल र भारत जुम्ल्याहा दाजुभार्इ हुन्’

उनले थप लेखेका छन्–‘हाम्रो संविधानले हामीलाई सबै किसिमका भे’दभावपूर्ण कानूनहरु विरु’द्ध शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार दिएको छ । यो हाम्रो जिम्मेवारी पनि हो। हामी विपक्षीको काम जारी राख्नेछौं।’ त्यस्तै स्वराज अभियानका नेता योगेन्द्र यादवले यो तथ्य गल’त भएको प्रतिक्रिया दिएका छन् ।

सोही विषयमा भारतीय सर्वोच्च अदालतका चर्चित वकिल प्रशान्त भूषणले येचुरी लगायतका नेताहरुलाई दंगा फैलाएको आ’रोप लगाउनु हास्यास्पद भएको बताएका थिए। उनले ट्विटरमा लेखेका छन्– ‘यसले दिल्ली दंगामा दिल्ली पुलिसको द्वेषपूर्ण स्वभावलाई प्रमाणित गर्दछ। सीताराम येचुरी, योगेन्द्र यादव, जयती घोष र प्राध्यापक अपूर्वानन्दलाई दंगा फैलाउने आ’रोप लगाउनु हास्यास्पद हो।’ दिल्लीको उत्तरपूर्वी क्षेत्रमा सन् २०२० फेब्रुअरी २३ देखि २६ सम्म सिएएको वि’रुद्धमा भएको प्रदर्शनमा ५३ जनाको मृ’त्यु भएको थियो ।

याे पनि पढ्नुस  भाकपा नेता यचुरी भन्छन्, ‘नेपाल र भारत जुम्ल्याहा दाजुभार्इ हुन्’

दिल्ली उच्च अदालतमा १३ जुलाईमा दिल्ली पुलिसले दायर गरेको आरोपपत्रकाअनुसार मारिएका मध्ये ४० जना मुस्लिम र १३ जना हिन्दू थिए। हालसम्म दिल्ली पुलिसले दंगा सम्बन्धी जम्मा ७५१ वटा प्राथमिकी दर्ता गरेको छ। तर पुलिसले दिल्ली दंगासम्बन्धी कागजात सार्वजनिक गर्न अस्वीकार गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्