लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सन्चालन

दाङको लमही–घोराही सडकखण्ड भत्किएकाे छ ।

लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो ।

दुर्घटनाको जोखिम रहेकाले भासिएको ठाउँमा एकतर्फी सडक सन्चालन गरिएको छ ।

सडक भासिएको स्थानमा वडा प्रहरी कार्यालयको टोली खटाइएको छ । सडक मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  पावर हाउसमा खस्यो पहिरो, २ जना सम्पर्कविहिन

लमही–घोराही सडकखण्ड हाल जीर्ण हुँदै गएको छ । ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन् । घोराही क्षेत्रमा सिमेन्ट कारखाना भएका र ती कारखानाका लागि आवश्यक ठूला टिपर र मालवाहक ट्रक नियमित सन्चालन हुँदा सडक जीर्ण बन्दै गएको स्थानीय बताउँछन् ।

कमेन्ट गर्नुहोस्