होम आइसोलेसनमा बसेकी कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

चितवनः होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । उनकोे आज बिहान मृत्यु भएको हो ।

दीर्घ रोगी उनको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो । भदौ १५ कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेकी थिइन् ।

याे पनि पढ्नुस  नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो । योसँगै जिल्लाका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । बाहिरी जिल्लाकासहित यहाँ उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने २७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट उपत्यकामा थप १ संक्रमितको मृत्यु

कमेन्ट गर्नुहोस्