बाँकेमा थप १२ जना कोरोना संक्रमित डिस्चार्ज

नेपालगञ्जः बाँकेमा आज थप १२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

होटल इन्द्रेणीबाट ५ जना, लायन्स डेण्टलबाट ३ जना तथा मेडिकल कलेज चिसापानी आइसोलेसन, होटल सिटी प्यालेस, खुल्ला कारागार आइसोलेसन र आदर्शनगर आइसोलेसनबाट १/१ जना डिस्चार्ज भएका हुन् ।

याे पनि पढ्नुस  अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय ९६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । अब आइसोलेसनमा बाँकेमा ४ सय १५ र अन्य जिल्लाका ५ जना गरी ४ सय २० जना छन् ।

याे पनि पढ्नुस  अब कुकुरले सुँघेरै काेराेना टेष्ट गर्ने, यस्तो हुँदैछ तयारी !

बाँकेमा हालसम्म १ हजार ४ सय १९ जनामा कोरोना पुष्टि भएको छ । ८ जनाको भने मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्