बाह्रबिसे पहिरोः मृतक ९ जनाको सनाखत, २२ जना अझै बेपत्ता

सिन्धुपाल्चोकः बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका ९ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिए ।

उनका अनुसार पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क विक टोलका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकुलाल विक, आठ वर्षीय सन्देश विक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ छन् ।

याे पनि पढ्नुस  बाह्रबिसे पहिरोः ७ जनाको शव फेला, बेपत्ता २४ जनाको खोजी गरिँदै

क्षतिको विवरण सङ्कलन भइरहेको छ । पहिरामा २२ जना अझै बेपत्ता छन् । भिरखर्क पहिरामा बेपत्तामध्ये पाँच जनाको उद्धार गरिएको छ । पुरिएका अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका सभामुख अग्निप्रसाद सापकोटाले पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिए । उनले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नुपर्ने/नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गरिने प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्