एकैदिन धनगढीमा मात्रै थपिए ६७ संक्रमित

धनगढीः कैलालीको धनगढीमा एकैदिन ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ७३ जनामा संक्रमण पुष्टि हुँदा धनगढीका मात्रै ६७ जना छन् ।

धनगढी कैलाली ठेगाना उल्लेख गरिएका ३१ जना र धनगढी–१ का १८ जना छन् ।

याे पनि पढ्नुस  कोरोनाः औषधिजन्य सामाग्री ल्याउन वाइडबडी चीन जाँदै

त्यस्तै, कैलालीकै गोदावरी नगरपालिका–५, लम्कीचुहा नगरपालिका, कञ्चनपुरको बेलौरी नगरपालिका–२ र डडेल्धुराको पर्शुराम नगरपालिकाका एक/एक जनामा कोरोना देखिएको छ । कञ्चनपुरको बेलौचरी–२ का २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्