जग्गा कित्ताकाट गर्ने निर्णय बदर, लागू भयो यस्तो नयाँ नियम

काठमाडौंः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गाको कित्ताकाट गर्नेसम्बन्धी भदौ १८ गते गरेको निर्णय बदर भएको छ ।

मन्त्री अर्यालले भदौ १८ गते ‘कृषियोग्य जमिन कित्ताकाट’ गर्ने निर्णय गरेकी थिइन् । त्यसको सात दिनमै भदौ २५ गते मन्त्रालयले निर्णय बदर गरेको हो ।

याे पनि पढ्नुस  मन्त्री अर्याल सवार विमानमा उडेको १० मिनेटमै समस्या आएपछि...

‘भ–उपयोग नियमावली जारी नहुञ्जेलसम्मको लागि जग्गाको कित्ताकाट सम्बन्धमा नेपाल सरकार मन्त्रीस्तरबाट २०७७/५/१८ गते मा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको छ,’ मन्त्रालयका सहसचिव दीपककुमार पहाडीद्वारा हस्ताक्षरित निर्णयमा भनिएको छ ।

सम्बन्धित समाचारः
जग्गाको कित्ताकाट खुलाः पक्ष विपक्षमा बहस, तर्क सबैका आ–आफ्नै !

अब जुनसुकै किसिमका जग्गाको कित्ताकाट भूमिसम्बन्धी ऐन र नियमावलीअनुसार त्यो पनि स्थानीय सरकारको सिफारिसअनुसार मात्र गर्न पाइन्छ । नियमावली मन्त्रिपरिषदमा विचाराधीन छ । सो नियमावली नआउञ्जेल जग्गाको वर्गीकरण हुँदैन ।

याे पनि पढ्नुस  महिला योग्य र सक्षम छन्, प्रधानमन्त्री बन्न किन नसक्नु ?: मन्त्री अर्याल

जमिन कित्ताकाट गर्ने निर्णयले भूमिसम्बन्धी ऐन तथा नियमावली, स्थानीय सरकार सञ्चालन ऐन २०७४ प्रतिकूल तथा कृषियोग्य जमिनको विनाश गर्ने भन्दै विरोध भएको थियो ।

कमेन्ट गर्नुहोस्