दाङ भदौ २९ गतेदेखि राति पूर्णरुपले बन्द गर्ने निर्णय

दाङः कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ २९ गतेदेखि अर्को निर्णय नभएसम्म राति पूर्णरुपले बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा आइतबार बसेको सुरक्षा समितिको वैठकले यही भदौ २९ गतेदेखि अर्को निर्णय नभएसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि निशेषाज्ञा जारी गरेको छ । बठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  रेडक्रसले बढाएको रगतको मूल्य तत्काल कार्यान्वयन नहुने

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बसेको वैठकले नाचगान, भेला, गोष्ठी, जुलुस सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, जिल्लामा सार्वजनिक यातायात क्षेत्रलाई पनि व्यवस्थितरुपमा सञ्चालन गराउने उद्देश्य .अनुसार जोर बिजोर निर्णय गरेको छ ।

याे पनि पढ्नुस  विप्लव समूहका दाङ पश्चिम क्षेत्र इन्चार्ज पाण्डे पक्राउ

कमेन्ट गर्नुहोस्