असोज १ गते घरघरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह

काठमाडौं : सरकारले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न आग्रह गरेकाे छ ।

स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको जानकारी दिए।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीद्वारा स्वयम्भूमा दीप प्रज्वलन

विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा. पोखरेलले जनाए ।

यस्तै सोही समयमा कोरोनाबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्