विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । अधिकृत पोखरेलको शनिबार स्वाब संकलन गरेर परीक्षण गर्दा आइतबार रिपोर्ट पोजिटिभ आएको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई कोरोना पोजिटिभ देखिएको पुष्टि गरे । पोखरेललाई संक्रमण पुष्टि भएपछि महानगरका अधिकांश कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।

याे पनि पढ्नुस  ८ अन्तर्राष्ट्रिय उडानबाट फर्किए आज ४८९ नेपाली

महानगरको अत्यावश्यक बाहेकका सेवा ५ दिन बन्द गर्ने निर्णय गरिएको छ । यसअघि विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल र विराटनगर-५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना देखिएको थियो ।

महानगरपालिका सामान्वय प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाका अनुसार जनप्रतिनिधि र कर्मचारीको नेतृत्व गर्ने प्रमुख प्रशासकिय अधिकृतमा समेत कोरोना संक्रमण पोजेटिभ देखिएपछि असोज २ गतेसम्मलाई अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।

कमेन्ट गर्नुहोस्