मोटरसाइकल दुर्घटनामा परी क्रिकेटर भण्डारी गम्भीर घाइते

कञ्चनपुर : नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललितसिंह भण्डारी सवार मोटरसाइकल दुर्घटनामा परेको छ । पूर्वपश्चिम राजमार्ग कञ्चनपुरको झलारी बजारमा भण्डारी सवार मोटरसाइकल दुर्घटनामा परेको हो ।

धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटर साइकलमा सवार शुक्लाफाँटा नगरपालिका १० का राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी २८ वर्षीय भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षका करन ठगुन्ना घाइते भएका छन् ।

याे पनि पढ्नुस  मोटरसाइकल दुर्घटनामा नेकपाका स्थानीय नेताको मृत्यु

क्रिकेट खेलाडी भण्डारीको अवस्था गम्भीर रहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार घाइतेको झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

ट्रकका चालक फरार रहेका छन् भने र ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्