साउदी अरबमा अन्तर्राष्ट्रिय उडानमा आंशिक छूट, जनवरीदेखि मात्रै पूर्ण प्रतिबन्ध हटने

साउदी अरबमा मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानमा लागेको यात्रा प्रतिबन्धमा आंशिक छूट दिने भएको छ ।
यसअन्तर्गत खास परिस्थितिमा सीमित संख्यामा मानिसहरुलाई अनुमति दिइने छ ।
अरब न्यूजका अनुसार, देशका गृहमन्त्रीले कोरोनाको कारण अन्तर्राष्ट्रिय यात्रामा लागेको प्रतिबन्ध अर्को वर्ष एक जनवरीपछि पूर्ण रुपमा हटने बताएका छन् ।
जनवरीपछि मात्रै जमिन, समुन्द्र र सीमाबाट आउने जाने अनुमति दिइने छ।
प्रतिबन्ध हटाउने समयको घोषणा एक डिसेम्बरको शुरुमा गरिने र आवश्यक सुरक्षा नियम तय गरिने गृहमन्त्रीले बताएका छन् ।
साउदी अरबमा ९३ प्रतिशत बिरामी निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार, कूल ३ लाख २५ हजार ६५१ जनामा ३ लाख २ हजार ८७० जना निको भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्