क्याप्टेन विजय लामामा कोरोना पुष्टि

काठमाडौंः नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामामा कोरोना संक्रमण पुष्टि भएका छ ।

स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनमा सोमबार बिहान कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएसँगै लामा सोल्टी होटलको आइसोलेसनमा बसेका छन् ।

लामासँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  निगमको वाइडबडी विमान 'मकालु' ग्राउण्डेड

उनीहरू दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए ।

कमेन्ट गर्नुहोस्