काठमाडौंः नेपाल रेल्वे कम्पनी लिमिटेडले २९ वटा पदका लागि १ सय २९ जना कर्मचारी माग गरेको छ । जनकपुर–जयनगर रेल सञ्चालनको लागि कम्पनीले कर्मचारी माग गरेको हो ।
कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ । यसमा सामान्य लेखपढ गर्नेदेखि लिएर स्नातक गरेकाहरूले समेत सहभागिता जनाउन सक्नेछन् ।
आवेदकले असोज १२ गते भित्र रेल्वे कम्पनीको वेबसाइट https://nepalrailway.org/ मा अनलाइन दरखास्त भर्न सक्नेछन् ।
अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहिन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकिएको छ ।
विज्ञापनि यहाँ क्लिक गरेर पनि हेर्न सक्नुहुनेछ ।